११ वटा यातायात व्यवस्था कार्यालयहरुमा डिजिटल कारोबार सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 05:39:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।  यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ  ।

क्युआर कोडबाट प्रणालीवाट राजश्व संकलन गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।  हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ¥याङ, सानो भ¥याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।   

बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट सेवा दिइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved