एभरेष्ट बैंकद्वारा रत्न राज्य माध्यामिक स्कुलमा खाने पानीको प्लान्ट सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 12:54:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले रत्न राज्य माध्यमिक स्कुलमा खाने पानीको प्लान्ट सञ्चालनमा गरिदिएको छ । बैंकले सीएसआर अन्तर्गत मध्य वानेश्वरस्थित सो स्कुलमा प्लान्ट सञ्चालन गरिदिएको हो ।

विद्यालयले आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रमको अवसरमा बैंकले खानेपानि प्लान्ट सञ्चालन गरिदिएको जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह थिए ।   

उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो । 

बैंकको देशैभरि छरिएर रहेको १२७ शाखा संजाल छन् । यसका साथै ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६२ एटीएम रहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved