सानिमा बैंकका ग्राहकलाई चाडपर्वमा ४० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 02:21:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले “Made In Nepal” चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । बैंकले उक्त योजना अन्तर्गत डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा छुट तथा Cash Back को व्यवस्था गरेको हो।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरेको बैंकले जनाएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्धन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास ररहेको बैंक ।

योजना अन्तरगत सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४०% सम्मको छुटका साथै बैंकबाट १०% वा अधिकतम रु.३०० सम्मको Cash Back पाइने छ ।

मर्चेन्टहरुको सूची र छुटको विस्तृत विवरण बैंकले वेबसाइट  https://www.sanimabank.com/digital-
banking/products/cards/ discount outlet मा उपलब्ध रहेको जनाईएको छ ।

यो योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ ।

बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम. हरु संचालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved