राष्ट्र बैंकद्वारा एनआईसी सहित ६ वाणिज्य बैंकलाई कारवाही, कुनको कसुर के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 05:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आ.व. २०८०/८१ को प्रथम त्रयमासमा यी बैंकलाई कारवाही गरेको हो ।

जस अनुसार राष्ट्र बैंकले सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लघन गरेकोले लक्ष्मी सनराइज बैंकलाई ७० लाख नाबाद जरिवाना गरेको छ। त्यस्तै २०८० बैशाख महिनामा कर्जा÷निक्षेप अनूपात कायम नगरेकाले हिमालयन बैंकलाई १ करोड ६७ लाख ७१ हजार ४ सय ३४ रुपैयाँ ०९ पैसा नगद जरिवाना गरेको छ ।

राष्ट्र बैंकले एनएमबि बैंकलाई सचेत गराएको छ  । एनएमबि बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेश्रो संशोधन सहित) को दफा १० को उप–दफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएकोले उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । साथै, सो सम्बन्धी कार्यविधि तथा राष्ट्र बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) अनुसार सचेत गराईएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

त्यस्तै राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई पनि कारवाही गरेको छ ।राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ को बुँदा नं. ३ को (८) मा उल्लेखित व्यवस्था विपरीत हुने गरी ग्राहकहरुसँग बढी लिएको ब्याज (Risk Premium) सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको एवं आ.व. २०७८ / ७९ र २०७९ / ८० मा पुनः निर्देशन विपरीत ब्याज (Risk Premium) बढाएको, Capital Adequacy Framework, 2015 विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको, यस बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं १५ को बुँदा नं. ३ को (८) समेत उल्लङ्घन गरेको पाईएकोले एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिईएको राष्ट्र बैंकले जनाएको छ ।साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. ६/०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको बुँदा नं. (घ) र (ङ) समेत पालना नगरी यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार एनआईसीको संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नबिल बैंकका सीइओ र संचालक समितिलाई पनि सचेत गराएको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५/०७८ को ३ (८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ / २०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको Core Banking System मा राखी कर्जामा Additional Risk Premium स्वरुप अतिरिक्त १.५ प्रतिशत असुल गरेको, Capital Adequacy Framework, 2015 अनुसार जोखिमभारित सम्पत्ति गणना नभएको, यस बैंकको एकिकृत निर्देशन नं. १५/०७८ को ३ (८) विपरित प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा Loan Administration Fees लिने गरेको तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएकोले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले सिटिजन्स बैंकका सीइओलाई पनि सचेत गराएको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ बमोजिम कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, Capital Adequacy Framework, 2015 अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved