राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 06:12:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० जारी गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एकिकृत निर्देशन जारी गरेको हो ।

विभागका अनुसार विभागबाट मिति २०७९/१०/१६ मा जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ र सो पश्चात जारी निर्देशन÷परिपत्र समेत समावेश गरी परिमार्जन गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० जारी गरेको हो ।

निर्देशनमा निम्न विषयवस्तु समावेश छन् 

१. विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्था
२. दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा भुक्तानी सेवा सञ्चालनसम्बन्धी व्यवस्था

३. विद्युतीय भुक्तानी प्रणालीको सञ्चालन तथा सुरक्षासम्बन्धी व्यवस्था
४. इ-मनी (वालेट) सेटलमेन्ट (Settlement) सम्बन्धी व्यवस्था
५. विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्कसम्बन्धी व्यवस्था
६. वार्षिक वित्तीय विवरण सार्वजनिक / प्रकाशन गर्नुपुर्व स्वीकृति लिनेसम्बन्धी व्यवस्था
७. RTGS System सञ्चालनसम्बन्धी व्यवस्था
८. शाखारहित बैंकिङ्ग सेवा तथा आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था
९. Electronic Cheque Clearing सम्बन्धी व्यवस्था
१०. तथ्याङ्क विवरणसम्बन्धी व्यवस्था
११. संस्थागत सुशासनसम्बन्धी व्यवस्था
१२. जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था
१३. ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था
१४. सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था
१५. भुक्तानी प्रणालीको अन्तरआवद्धता (Interoperability) तथा पहुँच (Access) सम्बन्धी व्यवस्था

१६. विविध व्यवस्था सम्बन्धमा

यहाँ क्लिक गरेर निर्देशनको पूर्ण]पाठ हेर्न सकिन्छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved