मौद्रिक नीतिको त्रैमासिक समिक्षामा किन हुँदैछ ढिलाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 01:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रैमास सकिएको ३८ दिन व्यतित भइसक्दा पनि चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको  पहिलो त्रैमासिक समिक्षा सार्वजानिक हुन सकेको छैन । राष्ट्र बैंकले यसै साता त्रैमासको समिक्षा सार्वजानिक गर्ने बताउँदै आएपनि अन्तिम कार्यदिन आज पनि सार्वजानिक नहुने देखिएको हो ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार समिक्षाको ड्राफ्ट गर्भनर महाप्रसाद अधिकारीको कार्यालयमा पुगेको छ ।  अर्थतन्त्र शिथिल अवस्थामा रहेकोमा आम लगानीकर्ता, उद्योगी व्यापारी मात्रै नभई सरकारले समेत मौद्रिक नीतिमार्फत निकास निस्कने अपेक्षा गरि रहेका छन् । यससन्दर्भमा समिक्षाबाट अर्थतन्त्रमा देखिएको गाँठो फुकाउन गर्भनर अझै पनि छलफलमा रहेकाले समिक्षा सार्वजानिकमा ढिलाई भएको बताईन्छ । सरकारसँग पटक पटक छलफलमा बसेका गर्भनरले यसैसाता बैंकका सिइओहरुसँग पनि छलफल गरेका थिए । 

यतिनै बेला विभिन्न नाममा कर्जा मिनाहासम्बन्धी भएका आन्दोलन, उद्योगी व्यवसायी तथा शेयर लगानीकर्ताका गुनासाहरु सम्बोधन हुने अस्त्रका रुपमा अथ्याईएको मौद्रिक नीति समिक्षालाई निकै चासोका साथ हेरिएको छ । 

त्यस्तै दशैं, तिहार तथा छठ तथा ठूला चाडपर्वको बिदाको प्रभाव पनि समिक्षामा परेको राष्ट्र बैंकको भनाई छ । बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण सार्वजानिक गर्न १० दिनको समय थप गरिएको हुँदा समिक्षाको तयारीमा ढिला भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन । सामान्तया त्रैमास समाप्त भएको ३० दिनभित्र समिक्षा सार्वजानिक गर्नुपर्ने व्यवस्था छ ।

गर्भनरको कार्यालयमा रहेको ड्राफ्टलाई अन्तिम रुप दिएपछि सञ्चालक समितिमा पठाउने र समितिबाट स्वीकृती आएपछि संभवत आगामी हप्ताको पहिलो अथवा दोस्रो दिनमा नै समिक्षा सार्वजानिक हुने बताइन्छ । 

यता अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार ठूलो नीतिगत परिवर्तन नहुने तर अर्थतन्त्रलाई चलायमान गर्नेगरी त्रैमासिक समीक्षा हुनेछ । बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दर बढ्दै गएको अवस्थामा त्यसलाई थप बढ्न नदिने साथै कर्जा तिर्न नसकेका ऋणीहरुलाई नीतिगत रुपमा सहजीकरण गरिने बताइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved