कुमारी बैंकको ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 11:11:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको छ । बैंकले संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६३८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल आइपुग्ने गरि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved