सरकारले ट्रेजरी बिलमार्फत १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 11:43:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको जनाएको हो ।

केन्द्रिय बैंकले परिपक्व अवधि पूरा भएको सो रकम बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार आज दिउँसो २ बजे बोलकबोल गर्ने र मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । 

बैंकले २८ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । । केन्द्रीय बैंकले जारी गर्न लागेको २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी पुस १० गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०८१ जेठ १५ गते परिपक्व हुनेछ । त्यसैगरी एक वर्ष अवधिको ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०८१ मंसिर ११ गते परिपक्व हुनेछ ।

यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved