बजारमा अधिक तरलता, आज ४५ अर्ब खिच्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 09:02:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज माघ २४  गते बजारबाट ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ४५ अर्ब रकम खिच्न लागेको हो । 

 उक्त निक्षेप २०८० फागुन ९ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस अघि राष्ट्र बैंकले हिजो माघ २३ गते ४० अर्ब संकलन गरेको थियो । राष्ट्र बैंकका अनुसार माघ २३ को बोलकबोल प्रक्रियामा १६ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए । यी संस्थाले कुल ७३ वटा आवेदन पेश गरेका थिए । राष्ट्र बैंकले ४० अर्ब खिच्नको लागि आवेदन माग गरेकोमा बैंकहरुले ४६ अर्ब १५ करोडसम्म रकम अफर गरेका थिए ।  ब्याज बोलकबोल प्रक्रियामा बैंकहरुले न्युनतम ३ प्रतिशत र अधिकतम ३.३२७७ प्रतिशतसम्मको ब्याजमा आवेदन दिएका थिए । जसमा राष्ट्र बैंकले भारित औसत ब्याजको रुपमा ३.१७३५ प्रतिशतमा ४० अर्ब रकम खिचेको थियो ।  

गत मङ्सिर, पुस र माघमा गरि राष्ट्र बैंकले बजारबाट ५ खर्ब बढी रकम निक्षेप संकलन प्रक्रियाबाट खिचिसकेको छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved