सम्झौता नगर्दा पाईला-पाईलामा दु:ख पाईने रहेछः गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 04:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्झौता नगर्दा पाईला पाईलामा दुख पाईने अभिव्यक्ति दिएका छन् । नेपाल व्यवस्थापक संघको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्ने क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

 काममा सम्झौता नगर्दा दुख दिएको आशयको अभिव्यक्ति व्यक्त गर्दै अधिकारीले भने, "सम्झौता नगर्दा पाईला पाईलामा दुख पाईने रहेछ तर आफुले दुख पाए पनि देशले सुख पाउँदा खुशी लाग्ने रहेछ|’

पछिल्लो समय सीएको समकक्षता लगायतका विषयलाई लिएर गरिएका आलोचना प्रति लक्षित गर्दे गभर्नर अधिकारीले आफुले सम्झौता नगर्दा दुख पाएको ईकिंत गरे।  'सम्झौता नगर्ने व्यक्तिबारे नै लेखिने रहेछ । तर, सम्झौता गर्नु हुन्न । आफैले सम्झौता नगर्दा दुख  पाए पनि देशले शुख पाउँछ’उनले भने । 

अर्थतन्त्रबारे केहि कुरा राख्दै उनले अहिले अर्थतन्त्रको मौद्रिक सूचक सकारात्क देखिएको समेत बताए । पुँजी, रेमिट्यान्सको आयात लगायतका कुरामा राम्रो हुँदै खर्च दहुँदा अर्थतन्त्र चलायमान नभएको बताउँदै उनले भने, "रेमिट्यान्स राम्रो छ । पुँजी बजारमा पनि तेत्ति दवाव छैन । नेपाल पनि रणनैतिक रुपमा ठिक छ । पुर्वधारमा थोरै खर्च हुने वित्तिकै अर्थतन्त्रले गति पाउँछ ।"

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved