ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2024 | 12:18:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि. मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रमको लागी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, शाखा हरिनगरा प्रमुखको सहभागीता रहेको थियो । बैंकको यस किसिमको पहलबाट प्रफुल्लित भएर हरिनगरा गा.पा. का अध्यक्ष गफार अन्सारीले बैंकलाइ धन्यबाद दिन विद्यालयमा नै आएका थिए । विद्यार्थीहरुलाई वित्तिय साक्षरताको बारे राम्रोसंग सिक्न र घर परिवारमा पनि सिकाउन सुझाव दिए ।

करिव डेढ घण्टा लामो कक्षामा वित्तिय साक्षरता भनेको के हो, यसको महत्व र उद्देश्य, बैंकिङ्ग कारोवार, पारिवारीक बजेट, विप्रेषण, विमा, गैह्र बैंकिङ्ग कारोवार र यी सेवा र सुविधाको लागी एडिविएल को पहल बारे विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । जसलाइ प्रदेश निर्देशक रञ्जन खनाल र विभागीय प्रमुख विना शर्माले सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले बजारमा चलिरहेका दुष्प्रचार र यसको पछाडीका कारणहरुबारे प्रश्न गरेका थिए, जस लाइ सहजकर्ताहरुले जवाफ दिइएका थिए ।

कार्यक्रमको समापन पश्चात सहभागी विद्यार्थी कुसुम खातुनले पारिवारिक बजेटको कुरा सबैभन्दा बढि मन परेको बताईन् । उनले भनिनर्, 'सर–म्याडमले भने जस्तै म पनि अव योजना विना खर्चगर्ने बानि हटाउँछु । अनि आँफुले गरेको खर्चको टिपोट गर्नेछु ।’

कार्यक्रमलाई समेट्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले विद्यार्थीहरुलाई विश्वमा बैंक र पैसाको सुरुवात, आजको डिजिटल बैंकिङ्ग, बढ्दै गइरहेका चुनौती र भविष्यको बैंकिङ्ग कस्तो हुनेछ भन्ने बारे जानकारी गरए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved