सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 08:31:05 PM मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७ औं बार्षिकोत्सवलाई मध्यनजर गर्दैे चैत्र १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेको छ । बैशाख ७ गते बैंकको बार्षिकोत्सव हो ।

बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानिय बेनी सञ्जिविनी हेल्थ क्लिनिक संगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको बैंकले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानिय जि.पि.मेमोरियल नर्सिङ होम संगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरुमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरुले सेवा प्राप्त गरेको बैंकले जनाएको छ ।

बैंकले भनेको छ 'बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।'

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु  मार्फत पनि संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकले उल्लेख गरेको छ ।

बैंकले  आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved