सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटै-छुटको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 08:45:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । बैंकले विभिन्न सेवा सुविधामा छुट, क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि योजनाहरु ल्याएको जनाएको छ । योजना अन्तर्गत डेविट, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पीएसओ र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा रु १७० क्यासब्याक पाउने जनाइएको छ । 

यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ(कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिदै आइरुहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved