कोका–कोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 01:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले बजारमा ‘किन्ले ब्राण्ड’ को पानी पनि बेच्ने भएको छ। राजधानीमा एक कार्यक्रम गरी कोकाकोलाले किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको हो।

किन्ले ब्राण्डको शुद्ध पिउने पानीको ब्राण्ड एम्बेसडर राजेश हमाल, कोकाकोलाका नेपाल प्रमुख अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शले संयुक्त रुपमा सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै सिंहले शुद्ध पानीमा कुनै सम्झौता नगर्ने उपभोक्ताका लागि किन्ले उपयुक्त विकल्प भएको बताए। कम्पनीले पानीलाई एक लिटरको परिमाण उपलब्ध हुने जनाएको छ। यसको मूल्य प्रति बोटल २५ रुपैयाँ राखिएको छ।

कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेसडर महानायक राजेश हमालले भने, ‘किन्लेले मेरो विश्वास जितेको छ ,मलाई विश्वास छ यसले सारा नेपालीको विश्वास जित्ने छ ।’किन्ले नेपाली बजारमा कोकाकोलाको दोश्रो ठूलो उत्पादन हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved