सि.जी ले ल्यायो नौलो किसिमको स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 02:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजीले बिल्कुलै नौलो र आकर्षक स्वरुप भएको स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ। कम्पनीले बजारको मागलाई सम्बोधन हुने गरि स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको जनाइएको छ।   

अन्य चेस्ट फ्रिजरहरुमा जस्तै –१८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरि खानेकुराहरुलाई स्वच्छ र ताजा बनाईराख्ने कम्पनीको दाबि छ। यस भित्र धेरै भन्दा धेरै कन्डेस्नर युक्त खण्डहरु रहेकाले यसले पर्याप्त रुपमा चिसो बनाई चिसोपनको राम्रो अनुभुति दिने कम्पनीको भनाई छ। 

यो फ्रिजर अस्पताल, औषधी पसल र डेरी पसलहरुको लागि एकदमै उपयुक्त भएको र ३६ महिनाको वारेण्टी पनि यसमा रहेको सि.जी.का प्रोडक्ट प्यालिङ्ग म्यानेजर रितेश चौधरीले बताएका छन। साथै सि।जी।ले का साधारण चेस्ट फ्रिजरहरु बिभिन्न मोडलहरु बजारमा उपलब्ध रहेको उनले बताए। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved