नेपाली भान्सामा कोरियन डिजाइनको नेपाली ब्रान्ड ‘ई चुलो’को २ वर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 11:00:52 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरियन डिजाइनमा इन्फ्रारेड प्रबिधिको नेपाली ब्राण्ड ‘ई–चुलो’ नेपाली बजारमा उपलब्ध भएको दुई बर्ष पूरा भएको छ । ई–चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च घटाउने ई(चुलोको उत्पादक दिगो विकास प्रालिका संचालक धर्म केसी बताउँछन्। 

‘हामिले नेपालीको कुकिङ कल्चरलाई ध्यानमा राखेर ई चुलोको डिजाइन गरेका छौँ’ केसी थप्छन् ‘ई चुलोमा खाना पकाउन, मकै भुट्न, दूध लगायतका तरल पदार्थ तताउन सकिन्छ । साथै हरियो मकै, गोलभेडा तथा मासु पोल्न समेत सहज छ ।’ 

टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले रहेकोले चुलो चलाउन सहज र आकर्षक छ । बजारमा पाइने इन्डक्सन चुलो भन्दा कम वाट खपतगर्ने केसीले जानकारी दिए। पछिल्लो समय नेपालमा लोडसेडिङ हटे सँगै विद्युतिय चुलोको लोकप्रियता बढेको सन्दर्भमा छिटो पाक्ने र किफायती ई चुलो बजारमा ल्याएको केसीले बताए। 

समतल पिँध भएको सबै भाँडा प्रयोग गर्न सकिने ई चुलोमा आफुलाई चाहिएको तापक्रम सेट गरेपछि खाना डड्ने साथै उम्लिएर पोखिएर जाने समस्या नहुने केसी बताउँछन् । पावर कट गरेपछी केही समय चुलो तातै रहने भएकोले खाना भर्सिएर पाक्छ । 

उपभोक्ताले इन्धनको खर्च घटाउन सक्ने, भान्सामा ग्याँसको कारणले हुने आगलागी लगायतका दुर्घटनाको डर नहुने भएकाले ई चुलोको लोकप्रियता बढेको छ ।

नेपालमा निर्माण सम्पन्नको चरणमा रहेका जलविद्युत आयोजनाका हजार मेगावाट बिजुली केही महिनामै केन्द्रीय प्रशारणलाईनमा जोडिदै छ। यो सन्दर्भमा नेपालको बिजुली नेपालमै सदुपयोग गर्न र कम मुल्यमा बिजुली बिदेशमा बिक्रि गर्न भन्दा नेपालमै बिक्रि गर्नु नेपाल विद्युत प्राधिकरणलाई समेत फाइदा हुने भएकोले सरकारले विद्युतीय उर्जा मैत्री निति लिनुपर्ने केसीको तर्क छ । 

‘बिदेशी ग्याँस छोडौं, नेपाली बिजुली जोडौं’ भन्ने नेपाल सरकारको नारालाई पनि इ चुलोले सघाउने केसी बताउँछन् । विद्युतिय चुलोको खपतले ग्यासको आयातलाई समेत प्रतिस्थापन गर्ने भएकोले यस खालका उत्पादनले वैदेशिक ब्यापार घाटा समेत कम गर्ने देखिन्छ ।

स्टिल बडी भएको चुलोको एक बर्ष र ग्लास बडी भएको चुलोको २ बर्ष वारेन्टी रहेको ई चुलोको नेपालभर बिक्री वितरणको जिम्मा लिबर्टी इन्जिनियरिङ सोलुसनले लिएको छ ।

ई चुलोको नेपालमा नविकरणीय उर्जा परिक्षण  केन्द्र (आर.ई.टि.एस.) र त्रिभुवन बिश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको उर्जा अध्ययन केन्द्रमा परिक्षण गराइएको र यसको इनर्जी इफिसेंसी नेपालमा उपलब्ध अन्य इन्फ्रारेड बिधुतिय चुलोहरुको तुलनामा बढी भएको केसिले बताए । बरिष्ठ उर्जाविद एवं प्राध्यापक डा. जगतनाथ श्रेष्ठले ई चुलोको बारेमा गरेको अनुसन्धानले पनि सो कुरा प्रस्ट्याउने केसिको भनाइ छ । 

हाल दुइमुखे चुलो बिक्रि गरिसकिएको ई चुलोका अन्य धेरै डिजाइनका चुलो छिट्टै नेपाली बजारमा  उपलब्ध हुने बताइएको छ। 

२ बर्ष सम्मको ब्यापारलाई सर्वेक्षण गर्दा चुलो प्रयोग गरि बिग्रीएर मर्मतमा आउनेको संख्या एक प्रतिशत भन्दा पनि कम रहेकोले अब देशै भरी स्थानिय गाउँ र सहरमा डिलरसिप दिएर बिक्रि बिस्तार गर्ने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved