माटो ब्राण्डको सातौँ स्टोर देउवा चोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 12:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा विषादीरहीत कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौँ स्टोर बुढानिलकण्ठमा खुलेको छ। भदौ ६ गतेदेखि शुरु भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या ७ पुगेको छ।

माटोको सातौँ स्टोर काठमाडौँ बुढानिलकण्ठस्थित देउवा चोकमा शुरु भएको हो । यस संगै आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरुको घरदैँलोमा पु¥याउने नयाँ अध्यायले थप गति लिएको कम्पनीले जनाएको छ। कम्पनीले शोरुम उद्घाटनका दिनमा ग्राहकलाई छुट र विशेष उपहारको व्यवस्था गरेको थियो।

जहाँ स्थानीय किसानहरू सफल हुन्छन्, राष्ट्र बलियो हुन्छ भन्ने मान्यता अनुरुप माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मात्र नेपाली र रसायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको जनाएको छ ।

यसअघि काठमाडौँको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेमामा माटोका स्टोरहरु संचालन भइरहेका छन्।माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहीत उत्पादन आपूर्ति गरिरहेको छ।

शोरुम उद्घाटन कार्यक्रममा माटोका अध्यक्ष पवन कुमार गोल्यानले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन्भन्ने थाहा पाएपछि यो यात्रामामा लागेको बताए । किसानका भोगाई र सङ्घर्षको जिवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको उनले उल्लेख गरे ।  उनका अनुसार माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको हो।

कम्पनीका अनुसार माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादनहरु पनि खरिद गर्न सकिनेछ । आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल  माटो र आशापुरी दुबै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रा.लि. मातहतमा रहेका छन्। माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved