घर र किचनमा प्रयोग हुने सामग्री उत्पादन गर्दै आएको भारतीय ब्राण्ड 'पिजन' नेपाल भित्रिएको छ । लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी इलेक्ट्रोटेक प्रालीले 'पिजन' ब्राण्ड नेपाल भित्र्याएको हो ।
'पिजन' का अधिकारीहरु र लक्ष्मी इलेक्ट्रोटेकका उच्च अधिकारीहरुले नेपालमा 'पिजन' ब्राण्डको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा लक्ष्मी ग्रुपका निर्देशक अनकुल श्रेष्ठले पिजनसँगको सहकार्य अर्को सफलता भएको बताए ।
पिजनको मुख्यालय भारतको बंगलोरमा रहेको छ ।