सि.जी.को नयाँ वर्षको उपहार योजनाः ५८ हजारसम्म क्यासब्याक पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 07:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी.ले “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने उपहार योजना लिएर आएको छ । योजना अन्तर्गत क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार विशेष ग्राहकहरुका लागि ५८ हजार ८०० सम्मको क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ । उपहार योजना अन्तर्गत सी.जी.का विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि., अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नुहुनेछ ।

साथै शून्य प्रतिशत ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि.जी.को सामान साट्न सक्ने सुबिधा पनि रहेको छ । 

योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved