अर्थ सचिवले भने 'टेलिकमलाई निजीकरण गर्न लागिएको होइन, ग्राहकलाई शेयर बिक्रि गर्ने हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 04:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ सचिव शिशिर कुमार ढुंगानाले नेपाल टेलिकमलाई निजीकरण गर्ने नभई ग्राहकको स्वामित्व बढाउँन लागिएको बताएका छन् । अर्थ मन्त्रालयले आज आइतबार बजेट बारे गरेको पत्रकार सम्मलेनमा उनले सेवा लिने व्यक्तिलाई कम्पनीको स्वामित्व दिन लागिएको बताएका हुन् । 

शनिवार अर्थ मन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट बक्तब्यमा ग्राहकलाई २२ प्रतिशत शेयर बिक्रि गरिने उल्लेख गरिएको छ । बजेट बक्तब्यमा भनिएको छ 'नेपाल दुरसञ्‍चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत शेयर विनिवेश गरिनेछ। हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुषमसान्तसम्म थप हुने ग्राहकले समेत शेयर खरिदमा सहभागी हुनसक्ने व्यवस्था मिलाइनेछ। कम्पनीको शेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र शेयर मूल्यको विवरण आगामी 2078 असोज मसान्तभित्र तय गरिनेछ।'

यसै विषयमा अर्थ सचिव ढुंगानाले कम्पनीले सेवा लिने ग्राहकले लाभ पाउने ब्यबस्था गर्न लागिएको बताए । उनले भने 'सेवा लिने व्यक्तिलाई नै स्वामित्व दिन लागिएको हो, ल्याण्डलाइन, मोबाइल र इन्टरनेट प्रयोगकर्तालाई शेयर बिक्रि हुनेछ, ग्राहकलाई नै प्रतिफल दिने तयारी हो, यो निजीकरण हौईन, ग्राहकको स्वामित्व बढाईने हो , ग्राहकलाई लाभ दिने हो ' ।

 हाल कम्पनीमा सर्वसाधारणको ८.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved