बजेट प्रतिस्थापन विधयेक ल्याउने अर्थमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 03:17:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेट प्रतिस्थापन विधयेक ल्याउने भएको छ  । अर्थ मन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र सार्वजनिक गर्दै बजेटमा सुधार गर्न छिट्टै प्रतिस्थापन विधयेक संसदमा पेश गर्ने बताएका हुन् ।  

संसदमा यस अघि नै बजेट र बजेट सम्बन्धित ३ वटा अध्यादेश संसदमा पेश भईसकेका छन् । आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ पेश भईसकेको छ ।

संसद विघटन भएकोले अधिल्लो सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष ७८/७९ को बजेट ल्याएको थियो ।  अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याईएको बजेट सार्वजनिक गरेका थिए । संसद नहुँदाको अवधिमा आएका आध्यादेशहरु त्यसपछि बस्ने पहिलो बैठकमा पेश गर्नु पर्ने प्रावधान अनुसार पहिलो बैठकमा नै अध्यादेश पेश भएको थियो । 

आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै मन्त्री शर्माले श्वेतपत्र जारी गरेका हुन्। मन्त्री शर्माले यसलाई श्वेतपत्र नभनी  'वर्तमान आर्थिक अवस्थाको जानकारी' को रुपमा संसदमा प्रस्तुत गरेका हुन्। यसअघि पूर्व अर्थमन्त्री युवराज खतिवडाले पनि आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि २०७४ चैत १६ गते श्वेतपत्र जारी गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved