प्रि बजेट छलफल सकियो , १० गते सरकारको नीति कार्यक्रम पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 06:38:44 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको दुवै सदनमा प्रि बजेट छलफल सम्पन्न भएको छ।  राष्ट्रिय सभामा हिजो बिहिबार र प्रतिनिधि सभामा आज शुक्रबार प्रि बजेट छलफल सकिएको हो ।  

सरकारले समय अभावको कारण देखाउदै नियम निलम्बन गरेर फास्ट ट्रयाकमा प्रि बजेट छलफल सम्पन्न गरेको हो ।  अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिईसकेका छन्। उनले राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ हिजो बिहिबार दिएका हुन् भने प्रतिनिधिसभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ आज शुक्रबार दिएका हुन् ।

मन्त्री शर्माले जेठ ३ गते आगामी आर्थिक वर्ष ७८/७९ को बिनियोजन विधयेक (बजेट)को सिद्धान्त र प्राथमिकता पेश गरेका थिए।  सोहि माथिको छलफललाई नै प्रि बजेट छलफल भन्ने गरिन्छ ।  

अब संघीय संसदका दुवै सदनको संयुक्त बैठक २०७९ जेठ १० गते दिनको ४ बजे बस्ने छ। सो बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । प्रतिनिनिधि सभाको अर्को बैठक २०७९ जेठ १० गते साँझ ६ बजे बस्ने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ७८/७९ को बजेट पेश गर्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved