प्राकृतिक स्रोत साधननै नेपाल र भारतको ठुलो शक्ति: अध्यक्ष राणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 09:42:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले उर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधननै नेपाल र भारतको सबैभन्दा ठुलो शक्ति भएको बताएकी छिन् । महासंघ  र भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा संयुक्त रुपमा आयोजित नेपाल-भारत व्यापार तथा लगानी अधिवृद्धि विषयमा वेभिनार छलफलमा बोल्दै अध्यक्ष राणाले यस्तो बताएकी हुन् । 

त्यस्तै उनले महासंघ र सीआईआई बीचको आपसी सम्बन्धको चर्चा गर्दै दुवै संस्थाको सहकार्यबाट आपसी हितमा थुप्रै क्षेत्रमा सहकार्य र प्रतिफल समेत प्राप्त भएको बताइन् । कोभिड पश्चात विश्वको आर्थिक परिदृश्यमै आमुल परिवर्तन आउने कुराको संकेत गर्दै उनले त्यसको तयारीका लागि आगामी दिनमा महासंघ र सीआईआई दुवै संस्था बीचको सहकार्य अझ घनीभुत ढंगमा अगाडी बढनुपर्ने धारणा राखिन् । 

त्यस्तै नेपालस्थित भारतीय राजदूतावासका द्वितिय वाणिज्य सचिव कपिध्वज प्रताप सिंहले महासंघ र सीआईआईले निकै सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा खुुशी व्यक्त गर्दै आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने र त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने बताए । कार्यक्रममा सीआईआई साउथ एशिया कमिटिका सहअध्यक्ष एवं हाइड्रो विजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले कोभिडबाट आर्थिक तथा सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर परेको यथार्थता राख्दै कोभिड पश्चातको आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रकट गरे । 

छलफल कार्यक्रममा भारतका तर्फबाट अशोककुमार प्रुष्टि अन्कुल भट्टाचार्य र नेपालको तर्फबाट महासंघका कार्यकारिणी समिति सदस्य एवं निम्वसका व्यवस्थापन निर्देशक आनन्द बगारिया, एफक्यानका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे र होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पूर्वाधार, उर्जा, कृषि, उत्पादनमुलक र सेवा क्षेत्रमा विषयगत प्रस्तुती दिएका थिए । 

कार्यक्रमको अन्त्यमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले कार्यक्रमले दुवै देश बीच कोभिड पश्चात आपसी सहकार्य एवं आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धनमा महत्वपूर्ण मार्ग निर्देश गरेको बताए । साथै उनले महासंघ र सीआईआईबीच अहिलेको कठिन घडीमा निरन्तर संवादमा समेत जोड दिए ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved