लकडाउन हटेसंगै महासंघको निर्वाचन समयमै हुने निश्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 12:11:37 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउन हटेसंगै नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा समयमै हुने निश्चित भएको छ । लकडाउनले गर्दा तोकिएको समयमा साधारण सभा नहुने हो कि भन्ने आशंका व्यवसायीहरुमा भएपनि अब उक्त आशंका अन्त्य भएको हो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताएका थिए । तर मंगलबार सरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन् । 

आगामी हप्ता उम्मेदवारी दर्ताको कार्यतालिका छ । आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किसोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले आआफ्नो प्यानल पनि घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन् ।  देशैभरि व्यवसायिक नेटवर्क रहेको साथै नेपालका एकजना चर्चित सफल युवा उद्योगी भएकोले ढकालको पक्षमा मुलुकका बहुसंख्यक उद्योगी व्यवसायीहरुको ठूलो जनमत रहेको महासंघका प्रतिनिधिहरु बताउँछन् ।

उक्त साधारण सभा साउन २६ र २७ गते काठमाडौँमा हुने तयारी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved