साधारणसभा स्थगित गरिनु अत्यन्तै दुखद : चन्द्र ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 03:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले साधारणसभा स्थगित गरिएको आपत्ति जनाएका छन् । शुक्रबार आकष्मिक पत्रकार सम्मलेन गरेर उनले एक पक्षीय रुपमा साधारणसभा स्थगित गरिएकोमा आपत्ति जनाएका हुन्। 

महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भएको भन्दै उनले आपत्ति जनाएका हुन् । कार्यसमितिको बैठकबाट साधारणसभाको मिति तय गरिएकोमा  कार्यसमिति मै नगई पदाधिकारी बैठकबाट सभा स्थगित गरिनु दुखद भएको उनले बताएका हुन् । 

उनले भने 'फेरी कार्यसमिति बैठक बोलाउनका लागि प्रशस्त समय थियो । कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्यौं । यो अत्यन्तै दुखःद कुरा हो । यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ । ' साउन २६ र २७ गतेका लागि तय गरिएको साधारणसभाका लागि सहजीकरण गर्नका लागि नेपाल सरकार समक्ष निवेदन दिएकोमा सरकारको जवाफ नै नकुरी  सभा स्थगित गरिंदा गलत संदेश गएको उनको भनाई छ।

आफुहरुले सजग भएर, स्वास्थ्यसम्वन्धी प्रोटोकलहरू पूर्ण रुपमा लागू गरेर साधरणसभा  गर्ने तयारी गरिरहेको अवस्थामा साधारणसभा नै स्थगित गरिएकोमा  उनले अशन्तुष्टी व्यक्त गरेका हुन् ।  उनले साधारणसभापछि नयाँ नेतृत्व आउने र त्यो नेतृत्वले कोरोनाबाट प्रभावित उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरूसँग एउटा युनाइटेड भ्वाइस  लिएर जानु पर्नेमा साधारणसभा  नै स्थगित हुनु आपत्तिजनक भएको बताएका हुन्  ।

उनले जटिल परिस्थितिमा सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप लगाउने काम भएको भन्दै उनले दुखेसो समेत पोखेका छन् ।  उनले चैतमा साधरणसभा गर्दा पनि आफुलाई आपत्ती नहुने बताउदै आफुले महासंघमा विधि–विधानअनुसार अगाडि बढोस् भन्ने चाहना राखेको बताए। 

पत्रकार सम्मलेनमा पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार, ढकालको प्यानलबाट उम्मेदवारी दिएकाहरु तथा जिल्ला नगरका पदाधिकारी र सदस्यहरुको उपस्थिती थियो । ढकालले महासंघको निर्वाचनको लागि बरिस्ठ उपाध्यक्षको लागि उम्मेदवारी दिएका छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved