उद्योग मन्त्रालयका ३ संस्थानमा आवेदन दिने ३४ जना को हुन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 11:10:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक संस्थानहरुमा नियुक्तिका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उद्योग मन्त्रालयले आफू मातहतका ३ संस्थानमा नियुक्तिका लागि सार्वजनिक सूचना जारी गरेको थियो । गत असार १७ गते उद्योग मन्त्रालय अन्तरर्गतका ३ वटा संस्थानमा नियुक्तिका लागि पदपूर्तीको सूचना सार्वजनिक भएकोमा दरखास्त दिने म्याद साउन ६ गतेसम्म कायम थियो ।

पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रवन्धकका लागि १० जना, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि १६ जना र नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका लागि १३ जना गरी जम्मा ३९ जनाको आवेदन परेको थियो । उद्योग मन्त्रालयले आवेदकहरुको प्रारम्भिक मूल्यांकनमा ५ जनाको आवेदन रद्द गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओको लागि आवेदन दिएका १६ जनामध्ये ४ जनाको आवेदन रद्द भएको छ । खाद्यको सीईओ बन्ने दौडमा अब १२ जना मात्रै रहेका छन् । 

यी हुन् आवेदक 


यस्तै पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रवन्धकका लागि आवेदन दिएका १० जनाकै आवेदन स्वीकृत भएको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । 

यी हुन् आवेदक 



यस्तै नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन परेको थियो । यीमध्ये एक जनाको आवेदन रद्द गरिएको मन्त्रालय स्रोतले जनाएको छ । 

स्वीकृत आवेदकहरुको नामः

यी संस्थानहरुमा कार्यकारी पद खाली भएपछि सम्बन्धित विभागको महानिर्देशकले नै चलाउँदै आएका छन् । उद्योग मन्त्रालयका उप–सचिव एवम् प्रशासन तथा संस्थान महाशाखाका प्रमुख गिरिराज ज्ञवालीका अनुसार आवेदकहरुको आवेदन स्वीकृत भएकाले अब छिट्टै नियुक्ति गरिनेछ ।

यसअघिः

३ संस्थानमा प्रमुख नियुक्तिको चटारोः खाद्यको सीइओ बन्न १६ जनाको आवेदन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved