आगामी निर्वाचनलाई लिएर महासंघको बैठक बस्दै, चुनावको 'मोडालिटी' बारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 10:00:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघले आज कार्य समिति बैठक बोलाएको छ। आगामी निर्वाचन कहिले र कसरि गर्ने भन्ने बिषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक डाकिएको बताइएको छ। 

महासंघले दोस्रो पटक तय गरेको ५४ साधारणसभाको मितिमा समेत निर्वाचन हुन नसक्ने देखिएपछि कसरि र कहिले निर्वाचन गर्ने भन्ने बिषयमा ठोस निर्णय गर्नका लागि आज बैठक डाकिएको महासंघका कार्यसमिति सदस्यले बिजपाटीलाई बताए। 

ति सदस्यकाअनुसार आज दिउँसो साढे २ बजे महासंघको कार्यसमिति बैठक डाकिएको छ। बैठकले निर्वाचन मिति केहि पर सार्ने निर्णयका साथै कसरि गर्ने भन्ने प्रकृयाको बिषयमा समेत छलफल गर्ने भएको छ।

'निर्वाचन मिति एक दुई महिना भन्दा धेरै पर सार्न सक्ने अवस्था छैन, अब प्रकृयाको बिषयमा टुंगो लगाएर अगाडी बढ्ने निर्णय लिनुपर्छ' कार्यसमिति सदस्यले भने।

आजको छलफलले सम्भवत निर्वाचन मिति केहि पर सार्नुका साथै चुनाव अनलाइनबाटै गर्ने, प्रदेशपिच्छे गर्ने वा उपत्यकाका तीन जिल्लामा बस्तुगत, एसोसिएटको गर्ने जस्ता बिषयमा निर्णय लिन सक्ने जनाइएको छ। 

चैतमा हुनुपर्ने निर्वाचन कोरोनाका कारण चार महिनासम्म पनि हुन नसक्दा नयाँ कार्यसमिति चयन हुन् सकेको छैन। महासंघको आगामी निर्वाचनलाई लिएर दुई पक्षमा विभाजन भएका व्यवसायी मध्ये वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समुहले अहिलेकै अवस्थामा पनि निर्वाचन गर्नुपर्ने माग राखेको छ। 

तर स्वत अध्यक्ष बन्ने बाटोमा रहेका शेखर गोल्छाको साथ पाएको किशोर प्रधान समुहले भने स्वास्थ्य भन्दा निर्वाचन ठुलो नभएको भन्दै अनुकुल अवस्थामा निर्वाचन गर्ने पक्षमा देखिएको छ। 

गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण साउन २६ र २७ गते साधारण सभा गर्ने निर्णय गरेको थियो। महासंघको ५४ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको छनौट गर्नेछ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved