राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम सर्टलिस्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 04:08:53 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। पदपूर्ति उपसमितिले ४ जनाको नाम छनौट गरेको हो । 

सर्टलिष्टमा पर्नेहरुमा नारायण कुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवाष कोईराला रहेका छन् । जसमध्ये नारायण कुमार भट्टराई तत्कालीन गुराँस लाईफ ईन्स्योरेन्सका पूर्व सीईओ हुन् भने  डा. शिव हरी श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।

त्यसैगरी, सुरेन्द्र थापा तत्कालीन राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) का पूर्व सहायक प्रशासक हुन् भने सुवाष कोईराला हाल राष्ट्रिय बीमा कम्पनीका डेपुटी सीईओमा कार्यरत छन् । उनी कम्पनीका हालका निमित्त सीईओ समेत हुन् । उनीहरुको प्रस्तुतीकरण वैशाख १२ गते तोकिएको छ भने अन्तरवार्ता वैशाख १३ गते तोकिएको छ। 

मसिंर १५ देखि कम्पनी सीईओबिहिन बनेको थियो । कम्पनीका तत्कालीन सीईओ शेख बरालले मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए। बरालको राजीनामा मंसिर १५ गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको थियो।

कम्पनीको सीईओकालागि ९ जनाको आवदेन परेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved