क्रिकेट विश्वकपको अभ्यास खेलहरु सुरु, कहाँ हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 03:26:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी जेठ १६ गतेदेखि सुरु हुने एक दिवशीय विश्वकपको अभ्यास खेलहरु सुरु भएका छन्  । आईसीसीको तालिका बमोजिम आज शुक्रबार बाट अभ्यास खेलहरु सुरु भएका हुन्  । बिश्वकपमा सहभागी १० वटै टोलीले २-२ वटा अभ्यास खेल खेल्ने छन्  ।

यस्तो छ अभ्यास खेलको तालिका  ।

जेठ १० गते : पाकिस्तान बिरुद्द अफगानिस्तान र साउथ अफ्रीका बिरुद्द श्रीलंका

जेठ ११ गते : इंगल्याण्ड बिरुद्द अस्ट्रेलिया र भारत बिरुद्द न्युजील्याण्ड 

जेठ १२ गते : बंगलादेश बिरुद्द पाकिस्तान र वेस्ट इन्डिज बिरुद्द साउथ अफ्रीका 

जेठ १३  गते : अस्ट्रेलिया बिरुद्द श्रीलंका र इंगल्याण्ड बिरुद्द अफगानिस्तान 

जेठ १४ गते : बंगलादेश बिरुद्द भारत र न्युजल्याण्ड बिरुद्द वेस्ट इन्डिज 

सबै खेलको नेपालमा सबै खेलको प्रत्येक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने भएको छ  । अभ्यास खेल हरु नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ  ।पहिलो पटक आईसीसीले अभ्यास खेल पनि लाइभ गर्ने भएको हो  । मुख्य प्रतियोगिताको खेल पनि स्टार स्पोर्ट्सले नै लाइभ गर्ने छ  ।

विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् । विश्वकपमा सहभागी १० टिमले राउण्ड रोबिन लिग अनुसार सबैले सबैसँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल हुने छ र बिजेताहरु फाइनल प्रवेश गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved