विश्वकपमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 01:05:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट २०१९ आजदेखि सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्समा हुने उद्घाटन खेल नेपाली समय अनुसार दिउँसो ३ स्१५ बजे सुरु हुनेछ । उद्घाटन खेल आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिच लण्डनको ओभल मैदानमा हुनेछ । 

दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरिने हो । दक्षिण अफ्रिका सन् १९९२, १९९९,२००७ र २०१५ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।दक्षिण अफ्रिकी टिममा फाफ डू प्लेसी, हसिम अमला, क्वीन्टन डि कक, रासी भ्यान डर डुसेन, जेपी डुमिनी, एइडेन मारक्रम, डेविड मिलर, लुंगी एनगिडी, क्रिश मोरिस, एनडिल फेलुकवायो, ड्वाइने प्रिटोरियस, कागिसो रबाडा, तब्राइज शाम्सी, डेल स्टेन, इमरान ताहिर रहेका छन् । दक्षिण अफ्रिकी टिमको प्रशिक्षक ओटिस गिब्सन रहेको छ । 

इंग्ल्याण्ड सन् २०१५ को संस्करणमा बंगलादेशसँग पराजित भएर समूह चरणबाटै बाहिरिएको थियो । यो पटक नवआगन्तुक खेलाडी र अनुभवी खेलाडी रहेको टिमले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । तीन पटक फाइनल खेलेको इंग्ल्याड सन् १९९२ पछि फाइनलमा पुग्न सकेको छैन । इंग्ल्याण्ड सन् १९७९ को फाइनलमा वेष्ट इण्डिजसँग, सन् १९८७ मा अष्ट्रेलियासँग र त्यसपछि भएको संस्करणमा पाकिस्तानसँग पराजित हुँदै उपविजेतामा सीमित रह्यो ।

योे पटक इंग्ल्याण्डको टिम ओइन मोर्गानको कप्तानीमा खेल्नेछ । टिममा मोइन अलि, जोफ्रा आर्चर, जोनी बेइस्र्टो, जोस बट्लर, टम कुरान, लिया डावसन, लियाम प्लंकेट, अदिल रसिद, जो रुट, ज्यासन रोय, बेन स्टोक्स, जेमी भिन्स, क्रिस वक्स र मार्क उड । इंग्ल्याण्डको टिम प्रशिक्षक ट्रेभर बेलिस रहेका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved