विश्वकप क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले वेस्टइन्डिज माथि शानदार जित हात पारेको छ । बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो।
टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३२१ रन जोडेको थियो । वेस्ट इन्डिजको लागि शाही होपले सर्बाधिक ९६ रन बनाए भने इभिन लुईसले ७० रन जोडे ।
३२२ रनको लक्ष्य पाएको बंगलादेशले ३ विकेटको क्षतिमा ४१.३ ओभर मै उक्त लक्ष्य भेट्टायो । बंगलादेशले ५१ रन बाँकि चाडै लक्ष्य भेट्टाएको हो । बंगलादेशको जितमा शाकिब अल हसनले १२४ रन जोडे भने लिटन दासले ६९ बल मै ९६ रन बनाए । प्रतियोगितामा यो शाकिबको लगातार दोस्रो शतक हो ।
जित संगै बंगलादेश अंक तालिकाको पाचौ स्थानमा उक्लिएको छ । यो बंगलादेशको एक दिबशीय इतिहास कै सबै भन्दा ठुलो 'रन चेज' हो । अर्थात् बंगलादेशले दोस्रो दोस्रो पटक ब्याटिंग गरेर लक्ष्य भेट्टाएको यो नै अहिले सम्मको ठुलो स्कोर हो । साथै जारी बिश्वकपमा अहिलेसम्मको खेलमा कसैले पनि जितको लागि यति धेरै रन चेज गरेका थिएनन् ।