विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान भिड्दैछन् । साउथम्टनमा नेपालि समय अनुसार सवा तिन बजे प्रतियोगिता शुरु हुनेछ ।
जारि विश्वकपमा ६ वटा खेल खेलेको बंगलादेशले दुइ खेलमा जित हासिल गरेको छ भने समान खेल खेलेको अफगानिस्तानको निरन्तर हार जारि छ । निरन्तर ब्यहोरेको हारसँगै अफगानिस्तान अंक तालिकाको अन्तिम स्थानमा समेटिएको छ । दुइ खेलमा जित निकाल्दै तिन खेलमा पराजित भएको बंगलादेश पाँच अंकको साथ अंक तालिकाकोे छैटौँ स्थानमा रहेको छ ।