
सिद्धार्थ बैंक Siddhartha Bank Limited ले ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले असोज १६ गतेदेखि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको हो ।
बैंकले निष्काशन गरेको प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ऋणपत्रको ब्याजदर ८.५० प्रतिशत तोकिएको जनाइएको छ । सात बर्ष अर्थात विस. २०८४ साल सम्मकालागि ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र निष्काशनको लागि बैंकले एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्रीगर्ने छ । उक्त ऋणपत्रमा न्यूनतम २५ र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।
ऋणपत्रको आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाकार्यालयबाट दिन सकिने छ ।
ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्त मात्रामा सुरक्षा जनाउने "[ICRANP-IR] [email protected]" रेटिङ्ग दिएको छ । ऋणपत्र निष्काशन बन्द हुने मिति छिटोमा २०७७ असोज २० गते र ढिलोमा असोज ३० गते रहेको कम्पनीले जनाएको छ ।
बैंकले यस अघि २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।