
सिद्धार्थ बैंक Siddhartha Bank Limited को ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सूचीकरण भएको छ । बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकरण भएको हो ।
बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल मार्फत् ३० लाख कित्ता ऋणपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको हो ।
ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका हुन् ।