सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 04:35:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंकको “१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९” नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

चार अर्बको १० वर्ष अवधी भएको “१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९” को अंकित तथा चुक्ता मूल्य रु. १ हजार कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको थियो ।

बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । 

यसरी सर्वसाधारणमा निष्कासन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम मिति २०७९ साउन ३१ गते नेप्सेमा सूचीकृत भएको हो । 

ऋणपत्र सूचीकृत सम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका छन् । 

सूचीकृत भएको ऋणपत्र नेप्सेमा दोस्रो बजार कारोबार भाद्र १ गते बाटै भईसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved