३ अर्बको ऋणपत्र निष्काशन गर्दै सिटिजन्स बैंक , धितोपत्र बोर्डमा दियो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 02:07:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले माघ १२ गते बोर्डमा आवेदन दिएको हो ।

बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्बले हुन् आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  उक्त ऋणपत्र मध्ये १८ लाख अर्थात् १ अर्व ८० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र १२ लाख अर्थात् १२ करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री हुने छ।

१० वर्षे अवधिकोको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ  । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved