मकर जितुमाया सुरी हाइड्रोको २६ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 05:06:55 PM मा प्रकाशित

laxmi sunrise bank

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको २६ लाख कित्ता संस्थापक शेयरको लकिङ अवधि २०८१ जेठ १६ गते सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनी रहेको विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फन्ड १ को नाममा रहेको २६ लाख ५ हजार ९ सय कित्ता शेयरको लकिङ अवधि आगमी जेठ १६ गते समाप्त हुने भएको हो।

कम्पनीका अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम  लक इन अवधि सकिने भएको हो ।

कम्पनीका अनुसार  डोल्मा इम्प्याक्ट फन्ड १ का प्रतिनिधिले संचालक पदबाट दिएको राजीनामा  २०८० जेठ १७ गते बसेको संचालक समितिको बैठकबाट सोहि मितिदेखि लागू हुनेगरी स्वीकृत भईसकेको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved