मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट, आइक्यानबाट पुरस्कृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 08:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले 'उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत' पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले बैंकलाई पुरस्कार प्रदान गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७५।०७६ को लागि तयार पारेको वित्तीय उत्कृष्ट घोषित भएसँगै बैंकले उक्त पुरस्कार पाएको हो । उक्त पुरस्कार विभिन्न ५ विधामा प्रस्तुत गरिएकोमा बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । महालेखा परिक्षक टंकमणि शर्मा दंगालले बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका हुन् । 

आइक्यानले बैंकिङ्ग क्षेत्र, वित्तीय क्षेत्र, बीमा क्षेत्र, सार्वजनिक क्षेत्र ईकाइ र सामान्य क्षेत्र गरी ५ क्षेत्रमा उक्त पुरस्कार वितरण गरेको हो । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्रविधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।

 बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरुमार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved