कामना सेवा विकास बैंकले सुरु गर्यो कर्पोरेट पे सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 06:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  र नेपाल क्लियरिङ हाउसबीच “कर्पोरेट पे” सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा नेपाल क्लियरिङ हाउसका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान  र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन्  । 

बैंकका अनुसार यस सेवा मार्फत बैंकका कर्र्पाेरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने छन्।  यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले १२४ वटा शाखा, एक ऐक्स्टेन्सन काउन्टर, ६६ वटा एटिम मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved