गरिमा तीजको लहरः टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 04:51:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक उपस्थिति बिना प्रविधिमार्फत तीज पर्व मनाउन प्रोत्साहन गर्न उदेश्यले गरिमा विकास बैंक Garima Bikas Bank Limited ले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यस प्रतियोगितामा नेपाल भित्र रहेने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्ने छन् ।

यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुन्छ ।

यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई छनोट नगरिने बैंकले जनाएको छ । 

यस प्रतियोगिताको विजेताले ९ हजार उप–विजेताले ६ हजार  र तेस्रो हुनेले ३ हजार जित्ने छन् । एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार जित्नेछ । 

विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।  

प्रतियोगितामा भाग लिन ईच्छुक महिला टिकटकरहरुले भदौ १० गते देखि २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र  #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्ने छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved