गरिमा र सहाराको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 05:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकलाई गाभेपछि गरिमा विकास बैंक Garima Bikas Bank Limited को एकिकृत कारोबार सुरु भएको छ । सर्लाहीको मलंगवा केन्द्रीय कार्यालय भएको सहारा विकास बैंकलाई गरिमाले गाभेको थियो ।

सहारालाई प्राप्ति गरे पश्चात गरिमा विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ पुगेको छ । प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय भएका छन् ।

आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ कार्यक्रमको प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले उद्घाटन गरे । 

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे भने संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।

साविक सहारा विकास बैँकका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेको बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved