महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्डमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 06:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक र होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेस प्रा.ली. बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको बैंकले जनाएको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved