कामना सेवा विकास बैंकद्वारा एघारौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 03:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा बैंकले जेठ १० गते मंगलबारबाट सो स्थानमा  सेवा सुरु गरेको हो ।  

कावसोती न.पा. वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 

बैंकका अनुसार  शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved