राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट गरेको अर्थविद् शर्माको आरोप, औल्याए ३ बैंकमा सुधारको आवश्यकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 11:22:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद शंकर शर्माले नेपाल राष्ट्र बैंकमा सरकारको उपस्थिति र बैंकहरुमाथिको शुक्ष्म व्यवस्थापनबारे प्रश्न उठाएका छन्। नेपाल बैंकर्स संघको बार्षिक साधारणसभामा सम्मानित भएका शर्माले सम्बोधनको क्रममा यस्तो बताएका हुन्। 

केन्द्रिय बैंकको संचालक समितिमा सरकारको उपस्थिति हुँदा त्यसले दबाब बढ्ने र कतिपय नीतिगत बिषयमा समेत हस्तक्षेप हुने आशय व्यक्त गर्दै शर्माले राष्ट्र बैंकमा सरकारको उपस्थिति ठिक नभएको बताए। 

त्यस्तै उनले बैंकहरुमाथि राष्ट्र बैंकको सुक्ष्म व्यवस्थापनबारे पनि प्रश्न उठाएका छन्। राष्ट्र बैंकले ल्याएका कति नीति नियम बैंकले मान्ने र कति नियम नमान्ने भन्ने अवस्था रहेको बताउदै उनले बैंकहरूमाथि सुक्ष्म व्यवस्थापन हुने गरि नीति नियम ल्याउनु राम्रो नभएको बताए।   

आफुले नेपालको बैंक वित्तीय क्षेत्र पुनर्स्थापन गर्ने ठाउँमा रहेर काम गर्न पाएको र त्यसले नेपालको बैंकिंङ क्षेत्रमा धेरै मात्रामा सकारात्मक परिवर्तन ल्याएको बताउदै अहिले पनि कतिपय बिषयमा पुनर्स्थापन आवश्यक रहेको उनले बताए।

जोखिम व्यवस्थापन, डिजिटल बैंकिंङ जस्ता बिषयमा अहिलेपनि पुनर्स्थापन आवश्यक रहेको बताउदै उनले नेपालका तीनवटै सरकारी बैंकमा सुधारको आवश्यकता रहेको बताए। बिश्व बैंकले नेपालका बैंकहरुलाई दैनिक रुपमा जोखिम विश्लेषण गर्नुपर्ने सुझाव दिएपनि त्यसतर्फ कसैको ध्यान नदिएको समेत उनले बताए।  

निजि लगानीका बैंकसँग अझैंपनि प्रतिस्पर्धामा पछाडी रहेको भन्दै यी बैंकहरुमा धेरै बिषयमा सुधारको आवश्यकता रहेको उनको भनाई थियो।

कोभिड १९ का कारण छिमेकी भारत लगायत बिश्वभरकै आर्थिक कारोबार दश बर्ष यताकै उच्च रहेको पछिल्लो तथ्यांक र अवस्थाले देखाएको बताउदै उनले नेपालको पनि सोहि अवस्था रहेकाले तरलता माथि दबाब पर्न गएको हुन सक्ने बताए। यद्दपी बैंकको कर्जा उत्पादनमुलक क्षेत्रमा गएको छ कि अनुत्पादक क्षेत्रमा गएको छ, कर्जा कस्तो क्षेत्रमा गएको छ र त्यसको गुणस्तर के छ भन्नेकुरामा बैंकहरु स्वयम् चनाखो हुनुपर्ने उनले बताए। 

पछिल्लो तथ्यांकले नेपालमा कर्जाको ग्रोथ २८ प्रतिशत रहेको र यो अवस्था ब्याजदर सस्तो हुँदा भएकाले यो दिर्घकालिन नहुने समेत उनले बताए।शर्मालाई नेपाल बैंकर्स संघले आफ्नो ३५ औं बार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो। सिटिजन्स इन्टरनेश्नल बैंकका पुर्व अध्यक्ष समेत रहेका शर्मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका संचालक, अमेरिकाका राजदुत भईसकेका व्यक्ति हुन्। उनी भारतको राजदुतको लागि नोमिनेट समेत भएका छन्।      

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved