महेन्द्रकी कान्छी श्रीमतीको दरबार सर्वसाधारणका लागि खोलिँदै

रासस

रासस

Dec 19, 2019 | 01:20:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित रत्न मन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ । पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना छ । 

गणतन्त्र घोषणापछि तत्कालीन राजा स्व. वीरेन्द्र र ऐश्वर्या तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा आएको थियो । रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारवालासँग छलफल गरेको छ । त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो ।

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको बताएका छन्। उनले भने, ‘दरबार खुला गर्न अब ढिलाइ गर्नुहुँदैन उपयुक्त समय नयाँ वर्षको बेला हुन्छ भन्नेमा हामी पुगेका छौँ तर खुला गर्दा कसरी खुला गर्ने, कुन÷कुन क्षेत्रसम्म प्रवेश दिने, प्रवेश शुल्क कति राख्नेलगायतका बारेमा छलफल भयो । एउटा योजना तयार भएको छ ।’

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा जाँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले कान्छी श्रीमती रत्नको नाममा दरबार निर्माण गरेका थिए । विसं २०१३ मा यो दरबारको निर्माण शुरु गरिएको थियो । तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबार पछि राजा वीरेन्द्रको नाममा आएको थियो । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र उनका परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर पनि ट्रष्टको स्वामित्वमा छ । 

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved