भन्सार विभागका महानिर्देशक सुमन दाहालले आगामी २ वर्षमा भन्सार विभागका सबै कामहरु डिजिटल प्रविधिबाट हुने बताएका छन् । शुक्रबार भन्सार दिवसको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागका महानिर्देशक दाहालले आगामी २ वर्षमा विभाग पुर्ण रुपमा पेपरलेश हुने दाबी गरे ।
भन्सार विन्दुमा पूर्वाधारको निर्माण गर्ने र जाँचपासमा प्रविधिको प्रयोग बढाइने विभागको नीति अनुसार व्यापार सहजीकरणका सन्दर्भमा भारत, चीन र बंगलादेशसँग द्धिपक्षीय संयन्त्र क्रियासिल रहेको दाबी गरे ।
विभागले करिब ९९.८ प्रतिशत अन्तराष्ट्रिय व्यापार अनलाइन आशिकुडा वल्र्ड मार्फत भएको उनले बताए । यसमा विभिन्न सब मोडलहरु पनि रहेको बताईएको छ । विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागले बैंकमा भुक्तानी, बारकोड रिडर, इन्ट्री र एक्जिट नोट र रेभिन्यून कलेक्सन लगायतका काम पनि स्वचालित प्रणालीबाट भएको उनको भनाई छ ।