लकडाउनमा ५ बस्तुको आयात प्रतिबन्ध, मरिच खुल्यो अरु खुलेन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 25, 2020 | 10:58:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखि मूलुक लकडाउन गरेको छ । उद्योग व्यवसाय बन्द रहँदा आर्थिक गतिविधि हुन पाएको छैन । सम्भावित आर्थिक संकटलाई ध्यान दिन भन्दै सरकारले विदेशबाट आयात हुने केही बस्तुहरु रोकेको छ । उद्योग मन्त्रालयले २०७६ चैत्र २४ गते विभिन्न ६ थरीका चिज बस्तुहरुको आयातमा रोक लगायो ।

‘लकडाउनकै कारण सम्भावित आर्थिक जोखिमलाई ध्यानमा राखेर केही बस्तुहरुको आयात रोकिएको हो’ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले भने, ‘चैत्रबाट आयातमा रोक लगाईएका सामानहरु दैनिक उपभोगका लागि नभई नहुने बस्तु होइनन्, ती सामान नभएपनि हाम्रो भान्छा चल्छ भनेर हामीले रोक लगाएका हौँ ।’ 

यस्ता छन् रोकिएका सामानः

गत चैत्र २४ गते एउटा सूचना जारी गर्दै उद्योग मन्त्रालयले विभिन्न ६ थरीका सामानको आयात रोकेको थियो । उक्त सूचना अनुसार हरियो केराउ, सुपारी, छोकडा, मरिच, तयारी मदिरा र ५० हजार डलरभन्दा महँगो सवारी साधन आयात गर्न नपाईने भनियो ।

तयारी अवस्थामा रहेको मदिरा धेरै आयात हुने गरेपछि सरकारले मदिराको आयातमा केही कडाई गर्दै आएको छ । ‘मदिरा आयातमा नै वार्षिक अर्बौ रुपैयाँ बाहिरिने गरेपछि अहिलेभन्दा सामान्य समयमा पनि आयातमा कडाई गर्ने नीति लिईएकै थियो’ उद्योग मन्त्रालयका एक अधिकारीले भने, ‘तर कोभिड–१९ ले आयात पूर्ण रुपमा बन्द गर्न सफल भयौँ ।’

मदिरासँगै सुपारी र छोकडा पनि ठूलो मात्रामा आयात हुने भएकाले तत्कालका लागि यसको आयातमा पनि प्रतिबन्ध लगाईएको छ । तरकारीका रुपमा प्रयोग हुने हरियो केराउको आयात पनि अहिले गर्न पाईदैन ।

सबैभन्दा धेरै पैसा अहिले विलासीका साधनको प्रयोगका कारण बाहिरिने गरेको भन्दै सरकारले ५० हजार अमेरिकी डलर अर्थात् ६० लाख ५० हजार नेपाली रुपैयाँभन्दा महँगा सवारी साधनको आयात पनि चैत्रबाट रोकेको छ । यो निर्णयबाट केही हदसम्म भएपनि नेपाली रुपैयाँ बाहिरिने क्रम रोकिएको मन्त्रालयको विश्वास छ ।

मरिचको आयात खुल्यो

चैत्र २४ गतेकै सूचना अनुसार आयातमा रोक लगाईएको मरिच भने फेरि आउन थालेको छ । उद्योगहरु सुरक्षित रुपमा खोल्ने सरकारको निर्णय पछि उद्योगीहरुले मरिच कच्चा पदार्थको रुपमा प्रयोग गर्नुपर्ने भन्दै उद्योग मन्त्रालयमा पटक पटक ताकेता गरे । उद्योग राज्यमन्त्री समेत रहेका उद्योगी मातिलाल दुगडले सहजिकरण गरिदिएर उद्योग मन्त्रालयले मरिचको आयात खोल्ने निर्णय गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लग्यो । सोही २०७७ असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले मरिचको आयात खुल्ला गर्ने निर्णय गरेको छ । 

मरिचबाहेक आयातमा रोक लगाईएका अन्य बस्तुहरु पनि चैत्र २४ अगाडी नै एलसी खोलेको र भन्सारका सबै प्रक्रिया पूरा गरेको भए नेपाल ल्याउन नरोकिएको मन्त्रालयले जनाएको छ । 

आयात रोक्ने निर्णय भएपछि भन्सार बिन्दुमा आईपुगेका सामान भने जसरी आएका हुन्, अब त्यसरी नै फर्काउनु पर्नेछ । यसमा भन्सार विभागलगायत सरकारी निकायको कुनै संलग्नता नरहेको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved