काठमाडौं महानगरले चीनबाट पायो २ करोडको ट्रक उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 02:24:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको ल्हासाबाट काठमाडौं महानगरलाई २ करोड बराबरको उपहार प्राप्त भएको छ । भगिनी सहरका रुपमा रहेको ल्हासाबाट महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको हो । 

२०७६ सालको इन्द्रजात्रामा काठमाडौँ महानगरको निमन्त्रण स्वीकार गर्दा जात्रा अवलोकन गर्न आएका ल्हासा नगरका मेयर गुहेओ गुहेओले काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसार मंसिर १६ गते काठमाडौँ आइपुगेको उपहार आईतबार मेयर विद्यासुन्दर शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरेका छन् ।

१० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख नेपाली रुपैयाँ) बराबरको लागतमा ल्हासाबाट पैदलमार्ग हुँदै ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल आईपुगेको थियो । 

१९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ भने ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु मुख्य विशेषता रहेको जनाईएको छ ।  यसैगरी संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ र क्षमता पूरा भएपछि आफैं आवाज दिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved