अतिरिक्त शुल्क लिने निर्णयबाट पछि हटे पम्प व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 02:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले कमिसनमा बृद्धि नगरेको भन्दै उपभोक्ताबाट थप अतिरिक्त शुल्क लिने निर्णयबाट पम्प व्यवसायीहरु पछि हेटेका छन् । व्यवसायीहरुले आफूखुशी माघ १ गतेबाट प्रतिलिटर पेट्रोलियम पदार्थको बिक्री वितरणबाट थप ५० पैसा बढी मूल्य लिने निर्णय गरेका थिए । 

एसोसिएनले आज एक विज्ञप्ती जारी गर्दै माघ १ गतेबाट खुद्रा मूल्यमा प्रतिलिटर ५० पैसा थप शुल्क लिने निर्णय अर्काे सूचना प्रकाशन नहुादासम्मका लागि स्थगन गरिएको जनाएको हो । यसअघि कमिसन वृद्धि नभएको भन्दै पुस २१ गते बसेको पेट्रोलियम पदार्थ बिक्रेताहरुको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आजबाट उपभोक्ताबाटै कमिसन उठाउने निर्णय गरेका थिए । 

एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले हस्ताक्षर गरेको उक्त विज्ञप्ती अनुसार आगामी माघ ७ गतेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाईएको छ । व्यवसायीहरुको मागका सन्र्दभमा निगमले गृहकार्य थालेपछि मूल्य बढाउने कार्यक्रम स्थगन गरिएको व्यवसायीहरु बताउँछन् । निगमले एसोसिएसनको केन्द्रीय कमिटिको बैठक अघीसम्म माग पूरा गरे आन्दोलनका नहुने तर एक सातासम्म माघको विषयमा कुनै सम्बोधन नभए ससक्त रुपमा आन्दोलन गर्ने व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरुले पेट्रोल, डिजेल बिक्री गर्दा ५ प्रतिशत कमिसन पाउनुपर्ने माग राख्दै आएका छन् । चार वर्षअघिदेखि निगमले तोकेको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा समस्या भएको भन्दै उनीहरुले कमिसन बढाउन माग गर्दै आएका हुन् । हाल पेट्रोलपम्प सञ्चालकहरूले पेट्रोलमा ३.१२ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved