तीन साताका लागि बन्द भयो तातोपानी नाका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 12:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबारदेखि तीन साताका लागि तातोपानी नाका बन्द भएको छ । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका लागि नाका बन्द गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । 

भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री चिनियाँ पक्षले बढीमा २० दिनमा पुल मर्मतको काम सक्ने भनेर दिएको जानकारी अनुसार आजबाट नाका बन्द गरिएको बताउँछन् । बीस दिनपछि पुल मर्मतको काम सकेर नाका पुनः सञ्चालनमा ल्याईने उनी बताउँछन् । 

‘पुल मर्मतका कारण नाका बन्द हुने सम्बन्धमा चिनियाँ पक्षले धेरै अगाडी जानकारी गराएका थिए । सोही अनुसार तातोपानी नाकाहुँदै ल्याईने सामग्रीहरु व्यवसायीहरुले अन्यत्र बाट ल्याएका कारण बाटोमा सामग्रीहरु अलपत्र परेका छैनन्’, उनले भने ।

लामो समयसम्म बन्द रहेको नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनःसञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आएपनि चिनियाँ पक्षको अबरोधका कारण न्यून मात्रामा सामग्रीहरु भित्रने गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved